राजेन्द्र महतोको आरोप,- दुई तिहाइ बहुमतको सरकारलाई दिएको समर्थनको दुरुपयोग भयो

कैलाली । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइ बहुमतको सरकारलाई दिएको समर्थनको दुरुपयोग भएको आरोप लगाउनु भएको छ ।

आज धनगढीमा आयोजित पत्रकार भेटघाटका क्रममा नेता महतोले संविधान संशोधन, बन्दी रिहाइ, राजनीतिक मुद्दा फिर्ता गर्नेलगायतका विषयका माग सम्बोधन गर्ने शर्तमा सरकारलाई समर्थन गरेको तर अहिलेसम्म कुनै ठोस काम हुन नसकेको बताउनुभयो ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याकाण्ड भएको दुई महिना बितिसक्दा पनि अपराधी अहिलेसम्म नसमातिनु दुःखद् भएको नेता महतोले बताउनुभयो ।

पत्रकार भेटघाट कार्यक्रममा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाले टीकापुर घटना आपराधिक घटना नभएर राजनीतिक मुद्दा भएकाले राज्यले छिटोभन्दा छिटो सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।