७५ वर्षीय बाबुले गरे ५० वर्षीय छोराको हत्या

कैलाली, भजनी । कैलालीको टीकापुर नगरपालिका–८ मा आफ्नै बाबुले बञ्चरो प्रहार गरी छोराको हत्या गरेका छन् । सामान्य घरायसी विवादमा शनिबार बुबाले छोरालाई बञ्चरो प्रहार गर्दा आज छोराको मृत्यु भएको हो ।

टीकापुर नगरपालिका–८ कालिमाटीमा साँझ ७५ वर्षीय बाबु पहले लुहारको बञ्चरो प्रहारबाट ५० वर्षीय छोरा कृतबहादुर लुहारको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । बाबुले छोरालाई बञ्चरोले टाउकामा हिर्काएपछि घाइते गम्भीर भएका कृतबहादुरको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

टीकापुर अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि कृतबहादुरलाई नेपालगञ्ज मेडिकल कलेज लगिएको थियो । उपचारकै क्रममा शनिबार राति मृत्यु भएको जनाइएको छ ।

लुहारको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको र बञ्चरो प्रहार गर्ने बाबु पहलेलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय टीकापुरमा राखेको छ । मृतक लुहार लामो समयदेखि सपरिवार रोजगारीका लागि भारतमा रहनुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।