१७ वर्षपछि बजार अनुगमन, ठूलो परिमाणमा अखाद्य पदार्थ फेला

परासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीबजारसँगै जोडिएको पोखरापाली र मन्झरिया चोकमा १७ वर्षपछि बजार अनुगमन भएको छ ।

रामग्राम नगरपालिका– ६ र १० मा पर्ने ती बजारमा यति लामो समयपछि अनुगमन गरिएको हो । यसअघिका अनुगमन शहर बजार केन्द्रीत हुँदा सो स्थानमा अनुगमन नै नभएको स्थानीय व्यवसायीले बताएका थिए ।

संयुक्त बजार अनुगमन समितिले आज आकस्मिक रुपमा गरेको बजार अनुगमनका क्रममा ठूलो परिमाणमा अखाद्य पदार्थ फेला पारी त्यसलाई जफत गरिएको छ । दर्ता बिनानै केहि पसल सञ्चालनमा रहेको देखिएकाले त्यसलाई पहिलो पटकका लागि दर्ता गर्ने शर्तमा छोडिएको बताइएको छ ।

बजार अनुगमन निरीक्षक एवं घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नन्दलाल पौडेलले किराना तथा कोल्ड ड्रिङक्स् पाँचवटा, रेष्टुरेन्ट तथा मिष्ठान भण्डार तीन, मासु र टेलरिङ पसल एक÷एक वटामा अनुगमन गरिएको जानकारी दिनुभयो ।

अनुगमनका क्रममा म्याद नाघेको अवस्थामा बिक्रीका लागि राखिएको ९० लिटर कोल्ड ड्रिङक्स् र रेडबुल चारबट्टा जफत गरी तत्कालै नष्ट गरिएको छ, भने लेभल नभएका छोकडा २० केजी, नरिवल साढे १२ केजी, टिमुर पाँच केजी, समोसा पाउरोटी पाँच प्याकेट, किसमिस दुई सय ग्राम तथा अखाद्य भारतीय चक्र र जय भारत ब्राण्डको तेल आठ लिटर, जुस फ्रुट एक लिटर, चनाको बेसन १ केजी, नमकिन २ केजी पनि जफत गरी नष्ट गरिएको उहाँले बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।