टिभीको बिल तिर्न पनि घुस

काठमाडौँ । महानगरीय प्रहरी वृत्त, बौद्धका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले सेवाग्राहीसँग एक कम्पनीको टिभी खरिद गरी ल्याइदिन एक सेवाग्राहीसँग पटकपटक घुस मागेको रहस्य खुलेको छ ।

आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार टिभी गरिद गरी ल्याइदिन र त्यसको बिलवापतको रकम भुक्तानी गरिदिन भनेको अनुसन्धानका क्रममा खुलेको हो । प्रहरी उपरीक्षक राईले टिभी खरिदबापतको बिलको भुक्तानी दिन सेवाग्राहीलाई पटकपटक फोन गरी घुस माग गरेको पाइएको आयोगले जनाएको छ ।

आयोगले शनिबार साँझ ८ बजे राईलाई महानगरीय वृत्त बौद्धको कार्यालयबाटै रु एक लाख ४० हजार घुससहित पक्राउ गरेको थियो । यस्तै आयोगले आज नापी कार्यालय बूढानीलकण्ठमा कार्यरत नापी सर्वेक्षक सुरेन्द्रसिंह कुवँरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

जग्गा हालसाविक गर्ने प्रयोजनका लागि आलटाल गरी विभिन्न बहानामा सेवाग्राहीसँग रु २५ हजार घुस माग्दामाग्दै गरेको अभियोगमा आयोगले केही दिन पहिले उहाँलाई पक्राउ गरेको थियो । आयोगले नापी सर्वेक्षक कुँवरविरुद्ध रु २५ हजार बिगो कायम गरी कैद सजायको माग गरेको छ ।

यस्तै आयोगले महानगरीय प्रहरी प्रभाग, काँडाघारीमा कार्यरत प्रहरी जवान मानसिहं रोका र प्रहरी जवान रत्नप्रसाद रिजालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । बालुवा व्यवसायीसँग रु पाँच हजार घुस मागेको अभियोग उहाँहरुमाथि लागेको छ ।

यस्तै आयोगले साविक जिल्ला विकास समितिको कार्यालय रुपन्देहीअन्तर्गत गजेडी गाउँ विकास समितिमा सचिव पदमा कार्यरत तत्कालीन शाखा अधिकृत राजकुमार श्रेष्ठ र कुञ्जी प्वाकल माध्यमिक विद्यालय, काठमाडौँका शिक्षक लक्ष्मण सापकोटाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।