यसरी भाइरल बन्यो बास्तोलाको मृत्युको खबर
काठमाडौं । लामो समयदेखि अर्धचेत अवस्थामा रहेका नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको निधन भएको समाचारले सनसनी मच्चाएको छ ।
झण्डै ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका बास्तोलाको शनिबार दिउँसो खुमलटारस्थित निवासमै निधन भएको भनिएको थियो भन्ने समाचार सत्य नभएको परिवारिक स्रोतले जनाएको छ । जनआन्दोलनमा सक्रिय भूमिका निभाएका बास्तोला कांग्रेसमा बौद्धिक नेता मानिन्थे ।
भारतको मेदान्त अस्पतालमा ७ महिना उपचारपछि उनलाई घर ल्याइएको थियो । बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गराउँदा पनि उसको होस आएको थिएन । उनलाई शनिबार मात्र अस्पतालबाट घर लगिएको थियो ।
१४ पुस २६९ मा विराटनगरको बन्धु भेलामा सहभागी बास्तोलालाई ब्रेन अट्याक भएको थियो । मस्तिष्कघात भएपछि बास्तोलाको भारतको सिलिगुडी, मेदान्त अस्पताल गुडगाँव र काठमाडौंको न्युरो अस्पताल बाँसबारीमा उपचार गरिएको थियो । तर, उपचार सम्भव नभएपछि बास्तोलालार्इ पछिल्लो समय घरमै चिकित्सकहरूको निगरानीमा राखिएको थियो ।
शनिबार मात्रै बासवारीस्थित न्यूरो हस्पिटलबाट घर लगिएका बास्तोलाको निधन भएको समाचार उनकै भान्जीको भनाई उदृत गर्दै समाचार प्रकाशन भएका थिए ।
क्षमा याचना : यसअघि ‘६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका पूर्वमन्त्री बास्तोलाको निधन’ समाचार प्रकाशन गरिएकोमा क्षमा चाहन्छौ । सम्पादक


