‘हरेक परिवर्तनहरु उपलब्धिमुलक बन्न नसक्ने रहेछन्’ : पूर्व राजा ज्ञानेन्द्र

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले देश बन्ने र बनाइने सपना देखेका नेपालीहरुले अहिले देश कसरी बचाउने भन्ने चिन्तामा पुगेको उल्लेख गर्नु भएको छ ।

उहाँले हरेक उपलब्धिहरु परिवर्तन हुन तर हरेक परिवर्तनहरु उपलब्धिमुलक बन्न नसक्ने रहेछन् भन्ने पुष्टि भएको बताउदै परिवर्तनका नाममा समेटिएका असामयिक र असान्दर्भिक कार्यसूचीका कारण देशको अवस्था चिन्ताजनक बनेको उल्लेख गर्नु भएको छ । नेपालीबीचको सामाजिक सद्भाव मेटिदै गएको उल्लेख गर्दै पूर्व राजा शाहले तराई, पहाड र हिमाल माझको एक्यभाव तोड्ने भगिरथ प्रयत्न समेत भइरहेको बताउनु भएको छ ।

अव समिक्षा र आत्ममूल्यांकन गर्ने घडी आएको चर्चा गर्दै उहाँले आफैलाई साक्षी राखेर देश र देशबासीका पक्षमा केही गर्ने प्रण गर्न पनि सबैमा आग्रह गर्नु भएको छ । विजया दशमीको पावन अवसरमा शुभकामना विज्ञप्ती जारी गर्दै पूर्व राजा शाहले अगाडि भन्नु भएको छ ‘देश शान्त, सूखी र सम्वृद्ध बन्ने आशामा हामीले गरेको सहमति अभिभाज्य मूलूक र सद्भावपूर्ण राष्ट्रिय एकताका निम्ति थियो भन्ने तथ्य पूनः स्मरण गराउंदछु ।’

उहाँले देशमा शान्ति सूव्यवस्था बन्ने, एउटा नेपाली अर्को नेपालीबाट मर्नू मारिनू नपर्ने, अपराधिक कृयाकलापमा न्युनीकरण हूने, कोपिला बालबालिकाहरु समेत सूरक्षित र संरक्षित रहन सक्ने, विभिन्न आकार प्रकारका सरकारहरुबाट जनतामाथि आर्थिक भार कम हूने, जनताको जीवन सूखमय बन्ने, राष्ट्रिय एकता र सार्वभौमिकता थप मजबुद हूने तथा असहिष्णू व्यवहार निरुत्साहित हूंदै जाने विश्वास आफुले लिएको पनि विज्ञप्तीमा उल्लेख गर्नु भएको छ ।

नेपाल राष्ट्र भन्नु नै यज्ञीय, मन्त्रीय, तन्त्रीय, वैदिक, अनूष्ठान, साधना र परम्पराले व्यष्ठित रहेको उल्लेख गर्दै कोट, मौलो, खड्ग, छत्र, शिला, कलश, शक्तिपीठका प्रतिककारुपमा रही नेपाली समाजमा देवी महात्म्यम् आरध्य रहेको बताउनु भएको छ । तर पछिल्लो समय हाम्रा मौलिक धर्म, संस्कृति र चाडपर्वहरु संकटमा पर्दै जानू सबै नेपालीका लागि विषद् विषय बनेको पनि पूर्व राजा शाहद्वारा विज्ञप्तीमा उल्लेख गर्नु भएको छ ।

उहाँले श्री नवदुर्गा भवानीले सबै नेपालीमा सत्प्रेरणा प्रदान गरुन् भन्दै नेपालीबीचको आपसी प्रेम, सद्भाव र सम्मानको पूनर्जागरण होस्, भन्ने कामना पनि गर्नु भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।