बाटोबाट ३०० मिटर तल खस्यो टाटासुमो, २ जनाको घटनास्थलमै मृत्यु, ७ घाइते

रामेछाप । रामेछाप नगरपालिका–२ खरानेपाखामा आज साँझ टाटासुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन् ।

मृत्युहुनेमा ६० वर्षीया आमा ललिमाया कार्की र छोरा दुर्गाबहादुर कार्की रहेका छन् । घाइते सात जनालाई सदरमुकाम मन्थली ल्याइएको वडा नं १ का वडाध्यक्ष नरबहादुर थापाले जानकारी दिनुभयो ।

ना१ज ४८१२ नं को टाटासुमो रामेछाप नगरपालिकाको कुकुरकाटे भञ्ज्याङदेखि रामेछापकै गोठगाउँ जाँदै गर्दा दुर्घटना भएको हो । सो टाटासुमो बाटोबाट करिब ३०० मिटर तल खसेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।