हराएको २ महीना हुन लाग्दासमेत सञ्चारकर्मी ‘तेजु’को अवस्था अझै अज्ञात

डोटी । बडीमालिका मेलाबाट बेपत्ता भएका डोटीका सञ्चारकर्मी तेजबहादुर खड्का ‘तेजु’ हराएको दुई महीना हुन लाग्दासमेत उहाँको अवस्था अझै अज्ञात छ ।

गएको भदौ ९ गते बाजुरास्थित बूढीनन्दा मेलाबाट घर फर्किने क्रममा बेपत्ता भएका खड्काको अवस्थाबारे अहिलेसम्म केही थाहा हुन सकेको छैन् । उहाँकोे खोजीका लागि सरकारी निकायको लापर्वाही देखिएको तथा खोजी र छानविनका लागि गठन भएको मिसन टोलीको समेत उदासिनता देखिएको आरोप डोटीका सञ्चारकर्मीको छ ।

नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्षसमेत रहनुभएका खड्काको खोजी कार्यमा ध्यान दिन विभिन्न निकायलाई आग्रह गरिएको युनियनका जिल्ला अध्यक्ष प्रकाश बमले बताउनुभयो ।

प्रेस युनियनमा आबद्ध सञ्चारकर्मी खड्काको खोजीका लागि युनियका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको नेतृत्वममा केही महीना अघि मिसन टोली बनाइएको थियो ।

सो टोलीले धनगढी हुँदै घटनास्थल रहेको बाजुरा जिल्लासम्म जाने भने पनि त्यहाँ नपुगेको भन्दै डोटीका सञ्चारकर्मी निरास भएका हुन् । सरकारले ‘तेजु’ को खोजी कार्यमा खासै चासो नदेखाएको प्रेस युनियनको आरोप छ ।

सञ्चारकर्मी खड्का बेपत्ता भएपछि नेपाली सेनाको हेलिकप्टर र सुरक्षा निकायको टोली पठाएर छानविनको प्रयास गरिएको थियो । टोलीले स्थलगत अध्ययन गरे पनि हालसम्म उहाँको अवस्था वारे ज्ञात हुन सकेको छैन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।