भारतीयलाई नेपाली नागरिकता दिन खोज्ने वडाध्यक्ष र सचिवसहित चार जनाविरुद्ध उजुरी

सप्तरी । भारतीयलाई नेपाली नागरिकता दिन खोज्ने हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ का वडाध्यक्ष र सचिवसहित चार जनाविरुद्ध आज जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।

नागरिकता बेच्न खोजेको आरोपमा स्थानीयवासी कप्लेश्वर यादवले वडाध्यक्ष रामनारायण यादव, वडा सचिव महेशनारायण यादव, नक्कली बाबु बन्ने विन्देश्वरी यादव र नागरिकता लिन खोज्ने भारतीय राजाराम यादवविरुद्ध उजुरी दिएका हुन् ।

पैसाको प्रलोभनमा परेर कीर्ते कागज तयार गरी भारतको सुपौल जिल्ला, सातैनपट्टी छतौनी ग्रामपञ्चायत–३ का बद्री यादवका छोरा १८ वर्षीय राजारामलाई महेश्वर यादवका नाममा वडाध्यक्ष, सचिव र स्थानीयवासी विन्देश्वरीले नागरिकता दिने तयारी गरेको आरोप उजुरीमा उल्लेख छ ।

साविक रम्पुरा मल्हनियाँ गाविस–३ का विन्देश्वरीलाई बाबु र लक्ष्मीदेवीलाई आमा बनाई वडा कार्यालयबाट नागरिकता दिने तयारी पूरा भइसकेको थियो । संलग्न आरोपितलाई कारवाही गर्न उजुरीमा माग गरिएको छ । नागरिकता जारी भई नसकेकाले उजुरीमा उल्लेख भएअनुसारको फाइल आए रोक्न निर्देशन दिइएको प्रजिअ सुरेन्द्र पौडेलले बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।