भ्रष्टाचार गर्ने छुट कसैलाई छैन : प्रमुख आयुक्त घिमिरे

नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ ।

आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उहाँले कानून निर्माणको बहानामा भ्रष्टाचार गर्ने छुट र भ्रष्टाचारबाट उन्मुक्ति पाउने छुट कसैलाई नहुने बताउनुभयो ।

प्रमुख आयुक्त घिमिरेले गाउँगाउँमा काम गर्ने राष्ट्रसेवक कर्मचारीको व्यवहारबाटै सर्वसाधारणमा सरकारप्रतिको विश्वास बढ्ने बताउँदै प्रदेश र स्थानीय सरकार तथा राष्ट्रसेवक कर्मचारी सबैले प्राप्त उपलब्धिको संस्थागत विकास र संरक्षणमा इमान्दारीपूर्वक सक्रिय भएर लाग्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

आयोगको कार्यालय बुटवलका प्रमुख रविलाल पन्थका अनुसार रु पाँच करोड २८ लाख ४५ हजारको लागतमा उक्त सम्पर्क कार्यालयको प्रशासनिक र सुरक्षा भवनको निर्माण सम्पन्न भएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।