मूल्य घटाएर चिनी बिक्री

धनगढी । दशैँ तथा तिहार पर्वमा उपभोक्तालाई चिनी र नुन सहुलियत दरमा उपलब्ध गराउन सुदूरपश्चिम प्रदेशका सात ठाउँमा सञ्चालनमा रहेका सुपथ मूल्य पसलमा शनिबारदेखि चिनीको बिक्री हुन थालेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत असोजमा सञ्चालनमा ल्याएका सुपथ मूल्य पसलमा केन्द्रीय कार्यालयको निर्देशनबमोजिम चिनीको बिक्री यस बीचमा झण्डै एक महीना रोकेको थियो । कर्पोरेसनले शनिबारदेखि सुपथ मूल्य पसलबाट उपलब्ध गराउन थालेको चिनीको बिक्री मूल्य साबिकको भन्दा रु दुई घटाएर प्रतिकिलो रु ६८ तोकिएको कर्पोरेसनको धनगढीस्थित कार्यालयका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

सुपथ मूल्य पसलमा यसअघि चिनीको बिक्री मूल्य प्रतिकिलो रु ७० तोकिएको थियो । नुन भने साबिकमा तोेकिएअनुसार नै प्रतिकिलो रु १८ मा बिक्री गर्ने व्यवस्था गरिएको छ । ‘‘चिनीमा सरकारको अनुदान छैन, घाटा व्यहोरेर भए पनि कर्पोरसनले उपभोक्तालाई चिनी र नुन सुपथ मूल्यमा उपलब्ध गराउन थालेको हो,” उहाँले भन्नुभयो । कर्पोरेसनले सुदूरपश्चिम प्रदेशको कैलालीको धनगढी र टीकापुर, कञ्चनपुरको बेलौरी र भीमदत्तनगर, डडेलधुरा र डोटीको दीपायल तथा बैतडीको पाटनमा असोज १४ गतेदेखि नुन र चिनीको सुपथ मूल्य पसल सञ्चालमा ल्याएको हो ।

तराईका बजार क्षेत्रमा नुन प्रतिकिलो रु २० देखि रु २२ तथा चिनी प्रतिकिलो रु ७५ देखि रु ८० सम्म तथा पहाडका बजार क्षेत्रमा नुन प्रतिकिलो रु २० देखि रु २५ तथा चिनी रु ८० देखि रु ९० सम्ममा बिक्री भइरहेको छ । कर्पोरेसनले सञ्चालनमा ल्याएका सुपथ मूल्य पसलबाट उपभोक्तालाई राहत पुग्ने र केही हदसम्म बजार मूल्यलाई नियन्त्रण गर्ने विश्वास गरिएको छ । कर्पोरेसनले नुन प्रतिकिलो रु २० मा बिक्री गर्दै आएकामा सुपथ मूल्य पसलमा प्रतिकिलोमा रु दुई घटाएर बिक्री गर्ने व्यवस्था गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।