दोषी पत्ता नलागे परिवारसहित धर्नामा बस्छु : निर्मलाका बुबा यज्ञराज (भिडियो सहित)

कञ्चनपुर । बलात्कारपश्चात् हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया किशोरी निर्मला पन्तका बुबा यज्ञराज पन्तले हत्यारा पत्ता नलगाइए परिवारसहित जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बस्ने बताएका छन् ।

निर्मलाको हत्या भएको १०२ दिनपछि आज आफ्नै निवासमा पत्रकार सम्मेलन गरी उहाँले तिहारसम्म हत्यारा सार्वजनिक नगरे कात्तिक २५ गतेदेखि धर्नामा बस्ने बताएका छन् ।

वास्तविक हत्यारा पत्ता लगाई सरकारले न्याय दिनुपर्छ उहाँले भन्नुभयो, “धर्ना बसेर पनि न्याय नपाइए आमरण अनशन बस्छु ।” सबैको सहयोग यसअघि पनि पाएको उल्लेख गर्दै उहाँले अझै सहयोगको आशा रहेको बताउनुभयो ।

तत्काल वास्तविक दोषी पत्ता लगाउनुपर्ने उहाँको माग रहेको छ । विभिन्न अनुसन्धान टोली गठन गरी छानबिन शुरु गरिए पनि अहिलेसम्म वास्तविक दोषी पत्ता लाग्न सकेको छैन । साथीलाई भेट्न गएकी निर्मलाको गत साउन १० उखुबारीमा शव फेला परेको थियो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।