समृद्धिका लागि तीनवटै सरकार प्रतिबद्ध हुनुपर्छ : अध्यक्ष प्रचण्ड

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संविधानको सफल कार्यान्वयन र समृद्धिका लागि मुलुकका तीनवटै सरकार प्रतिबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी र प्रेस सेन्टर गण्डकी प्रदेशले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले प्रदेश सरकार प्रभावकारी हुन नसके मुलुकमा भएका सबै उपलब्धि प्रभावित हुने बताउनुभयो । सङ्घीयतालाई सफल र प्रभावकारी बनाउन सबैको सहयोग, सहकार्य अपरिहार्य भएको उल्लेख गर्दै उहाँले जनताले अनुभूति गर्ने गरी काम गर्न सरकारलाई सुझाव दिनुभयो ।

संविधानले व्यवस्था गरेअनुरुप असोज ३ गतेभित्र सबै प्रकारका ऐन बनाउनाका साथै छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध सुदृढ बनाउन वर्तमान सरकार सफल भएको उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय जगत्मा राजनीतिक परिवर्तन भएसँगै पुराना कर्मचारीको नेतृत्व तहलाई पूरै हटाइन्छ र नयाँ प्रणालीलाई आत्मसात् गर्ने कर्मचारी ल्याउने गरेको बताउँदै उहाँले भन्नुभयो, “नयाँ संरचनाअनुरुप सरकारलाई सहयोग गरी सङ्घीय गणतन्त्रलाई बलियो बनाउनु पर्दछ ।”



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।