जनताको आर्थिक समृद्धिको चाहना प्रदेश सरकारले पूरा गर्छ : कावा मुख्यमन्त्री कार्की

विराटनगर । प्रदेश नं १ कार्यवाहक मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशका जनताको आर्थिक समृद्धिको चाहना प्रदेश सरकारले पूरा गर्ने बताउनु भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज यहाँ आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले प्रदेश सरकार स्थापना भएको छोटो अवधि भए पनि विकासका कार्यलाई गति दिन जनताको प्रत्यक्ष सहभागितामा निजी क्षेत्रसँग हातेमालो गरी समृद्धि कायम गर्न प्रदेश सरकार अगाडि बढेको छ भन्नुभयो ।

आन्तरिक मामिला तथा कानूनमन्त्रीसमेत रहनुभएका कार्कीले प्रदेशको ठूलो चाड छठका अवसरमा आगामी कात्तिक २६ गते प्रदेश सरकारले एक बृहत् कार्यक्रम गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेशका मन्त्री, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य, महानगरपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रदेश मन्त्रालयका उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख, उद्योगी–व्यापारी, नागरिक समाज र सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।