यस्तो रह्यो राष्ट्रपति, उपराष्ट्रपति पुन र प्रधानमन्त्रीको भाइटीका (फोटो फिचर सहित)

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिनुभयो ।

राष्ट्रपति भवन शीतलनिवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो, मखमलीयुक्त माला लगाइ कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गर्नुभयो । भाइ डेगेन्द्र पाण्डेले यथाशक्य दक्षिणा प्रदान गरेर उहाँसँग आशीर्वाद लिनुभयो ।

त्यसअघि राष्ट्रपतिले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यमयमुनाको पूजा अर्चना गर्नुभएको थियो ।

भाइटीकाको तस्वीर र भिडियो खिच्न गएका पत्रकारहरुलाई भने राष्ट्रपति निवासमा प्रवेश निषेध गरिएको थियो । समाचार संकलनका लागि गएका पत्रकारहरुलाई शितलनिवासको गेट बाहिरैबाट फर्काइएको थियो ।

दशैंमा राष्ट्रपति भण्डारीले लगाइदिएको टीकाको फोटो र भिडियो सार्वजनिक भएपछि निकै आलोचना भएको थियो । त्यही भएर तिहारमा पत्रकारहरुलाई फोटो र भिडियो खिच्न नदिइएको अनुमान छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले भाइटीका लगाउनुभएको छ । उहाँले आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा कपुरधारास्थित उपराष्ट्रपतिको निवासमा भाइटीका लगाउनुभएको हो ।

उपराष्ट्रपतिकी दिदी गृहजिल्ला रोल्पामा रहनुभएकाले उहाँले नजिकका बहिनीहरु चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामाबाट टीका लगाउनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा टीका लगाउनुभयो ।

टीका लगाइदिएपछि उहाँहरूले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गर्नुभयो । साथै उहाँहरूले प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिनुभयो । प्रधानमन्त्रीले बहिनीद्वयलाई टीका लगाइदिएर दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गर्नुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।