तिहारले छोएन लामा समुदायलाई !

हुम्ला, २३ कात्तिक । नेपालीको दोस्रो ठूलो पर्व तिहार आज मुलुकभरि हर्षोल्लासका साथ मनाइँदै छ ।

तर हुम्ला जिल्लाका बौद्ध धर्मावलम्बीका लामा समुदायलाई भने यो पर्वले छोएको छैन । हुम्ला जिल्लामा करीब ३० प्रतिशत लामा समुदायको बसोबास रहेपनि उनीहरुलाई यो पर्वले नछोएको उद्योग वाणिज्य सङ्घ हुम्लाका नाम्गेल तामाङले बताउनुभयो ।

आफूहरुले बौद्ध धर्मप्रति आस्था राख्ने भएकाले तिहारलाई त्यति महत्व नदिएको उहाँले बताउनुभयो । हुम्लाको नाम्खा गाउँपालिकामा लामा, तामाङ जातिको बसोबास छ ।

पुर्खादेखि आफूहरुले आफ्नो धर्मबाहेक अन्य परम्परागत चार्डपर्व नमनाउने भएकाले यो पर्वलाई खासै महत्व नदिएको उहाँको भनाइ छ । हुम्ला दुर्गम भएपनि पछिल्लो समय दशैँ, तिहारजस्ता चाडपर्वलाई महत्वका साथ मनाउने चलन छ । तर लामा समुदायले भने यी पर्वलार्ई सामान्य रुपमा लिने गर्छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।