जनचाहनाअनुसार नै सरकारले काम गरिरहेको छ : मन्त्री जम्मकट्टेल

भक्तपुर । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले सरकारले जनअपेक्षाअनुसार नै काम गरिरहेको बताउनुभएको छ ।

आज शङ्खधर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मध्यपुरथिमिको बालकुमारीमा आयोजित ११औँ स्थापना दिवस तथा सम्मान कार्यक्रममा उहाँले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सरकारकाबारेमा आएका नकारात्मक कुरा गलत भएको बताउनुभयो ।

मन्त्री जम्मकट्टेलले भन्नुभयो, “केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सरकारबारेमा कतिपय नकारात्मक कुरा बाहिर आएका छन्, ती टिप्पणी गलत हुन्, सरकारले राम्रो र उदाहरणीय काम गरिरहेको छ, यस्ता कुरालाई बाहिर ल्याउनुपर्छ ।”

सहकारीलाई आर्थिक समृद्धिको अभियानका रुपमा अघि बढाउन सोहीअनुसार प्रदेश कानून बनाउने तयारी भइरहेको उहाँको भनाइ थियो । सहकारीको पूँजीलाई उत्पादनमूलक क्षेत्रमा लैजानुपर्नेमा जोड दिँदै मन्त्री जम्मकट्टेलले हरेक सहकारीको ५० प्रतिशत पूँजी उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने गरी प्रदेश सरकारले कानूनी व्यवस्था ल्याउन लागेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश सांसदद्वय डा राजेन्द्रमान श्रेष्ठ, प्रतिमा श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, उपप्रमुख अञ्जनादेवी मधिकर्मीलगायतले सहकारीलाई नागरिकको सीप र समृद्धिसँग जोड्नुपर्ने बताउनुभयो ।

सहकारीका अध्यक्ष रामसुन्दर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहकारीविद् कैलाशभक्त प्रधानाङ्ग, संस्कृतिकर्मी हरिबहादुर कैती श्रेष्ठ र हीराकाजी लामा श्रेष्ठ र क्योकुसिन कराते खेलाडी प्रेमनाथ जगुलु श्रेष्ठलाई सम्मान गरिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।