केशब स्थापितपछि हटाईए प्रदेशका अर्का मन्त्री !
काठमाडौं, २७ कात्तिक। सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ सोडारी हटाइएका छन् । केही दिनअघि उनको गाडी दुर्घटना भएको थियो । मन्त्रीको गाडीको दुरुपयोग गरेको र दुर्घटनामा पारेको भन्दै उनलाई हटाइएको दृष्टीन्यूज मा खबर छ ।
सोडारी तत्कालिन एमालेबाट कैलाली ४ बाट प्रदेशसभामा निर्वाचित भएका थिए । उनी कैलाली एमालेका अध्यक्ष समेत थिए । माधव कुमार नेपाल निकट भएकाले प्रधानमन्त्री केपी ओलीको निर्देशनमा हटाइएका उनी निकट नेताहरुको आशंका छ । स्रोतका अनुसार प्रधानमन्त्री सोडरीसँग पहिलेदेखि नै असन्तुष्ट थिए ।
उनको पदमा तत्कालिन एमालेकै सांसद कृष्णराज सुवेदीलाई नियुक्त गर्न लागिएको छ । यसअघि प्रदेश ३ का मन्त्री केशब स्थापितलाई मुख्यमन्त्रीसँग झगडा गरेको भन्दै हटाइएको थियो ।


