सडक र रेलको अध्ययन गर्न चिनियाँ टोलीसहित मुख्यमन्त्री हुम्लामा

हुम्ला । हिल्सा सिमिकोट हुँदै जमुनाहासम्म सडक र रेलको अध्ययनका लागि चिनियाँ टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुम्लाको सिमिकोट पुग्नुभएको छ ।

हुम्लाको उत्तरी चीनको तिब्बतको ताक्लाकोट हुँदै नेपागञ्ज जमुनाहसम्म सडक र रेलको सम्भाव्यता अध्ययनका लागि आज एक विशेष टोली हुम्ला पुगेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायतका चिनियाँ प्रतिनिधिका प्राविधिक टोली आज बिहान काठमाडौँ हँुदै सिमिकोट हिल्सा पुगेका छन् ।

नेपालकै उत्तरी नाका मध्य छोटो मार्ग भएकाले उत्तरदेखि दक्षिण दुई देशबीच जोड्ने मुख्य अन्तर्राष्ट्रिय राजमार्गका रुपमा लिएकाले चिनियाँ सरकारको प्रतिनिधि टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्रीलगायत अन्य मन्त्री हुम्ला पुगेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जानकारी दिएको छ । केही महीना अगाडि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चीन सरकारको निमन्त्रणामा मुख्य गरी सडक, विद्युत्लगायतका विषयलाई लिएर चीन सरकारसँग छलफल गर्नुभएको थियो ।

बहुचर्चित कर्णाली करिडोर खुलालु हुम्लाको हिल्सा सिमिकोट सडकखण्ड लम्बाइ २८१ किलोमिटर रहेको हिल्सा सिमिकोट सडकखण्ड कार्यालयका प्रमुख शशांक मिश्रले बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।