रबि लामिछानेको सक्रियतामा न्यूज २४ टिभीले निर्माण गरेको सप्तरीको मुसहर वस्ती हस्तातरण
सप्तरीको तिलाठीमा न्यूज २४ टिभी ले निर्माण गरेको मुशहर वस्ती निर्माण सम्पन्न भएको छ । आज सोहि एकीकृत मुसहर बस्ति एक कार्यक्रम गरेर ५२ ओटा घर हस्तान्तरण गरिएकाे छ ।
न्युज २४ र रबि लामिछानेले सक्रिय भएर थालेको यो एकीकृत आवास अभियान तोकिएको मिति भन्दा ७० दिन अघि नै सम्पन्न भएको हो। निर्माण सम्पन्न भएसंगै आज छठ पर्ब कार्यक्रम को बिशेष दिन पारेर मुशहरवासीलाई हस्तान्तरण गरिएको छ ।
न्यूज २४ टेलिभिजनले वस्तीमा निर्माण गरेको ५२ वटा घर जनताको साथ र सहयोगमा संकलन गरेको रकमबाट निर्माण भएको जनाएको छ। आज यो वस्ती सम्बन्धित परिवारलाई नेपालकै प्रथम राष्ट्रपति रामवरण यादवकाे प्रमुख अातिथ्यमा हस्तानन्तरण गरिएकाे छ ।

२०७४ साल श्रावन २७ गते सप्तरीको खाँडो नदीमा बाढी आएर तिलाठी जलमग्न भएर डुबेको थियो। मुसहरहरुका लागी भनेर निर्माण भएको यो बस्तिका घरहरु हस्तान्तरण गरिरहदा सबै निकै प्रफुल्लित समेत देखिए। रबि लामिछाने सहित न्युज २४ को टोलीले नजानेको काम भएपनि अरुको दुखमा मलम लगाउन यो काम गरेको यस अघि नै जनाइसकेको छ । कुनै समय बाढीले डुबेर पाइला टेक्ने ठाउ नभएको यो ठाउ अहिले निकै सुन्दर देखिएको छ।
बाढीले डुबेर मृत्यु भएका एक अमोल सदा बालकलाइ गाड्ने समेत ठाउ नभएर बगाइएको यो गाउको अबस्था देखेर मर्माहत बनेर बस्ति बनाउने अठोट लिएको समेत बताए। फेरि बाढी आएपनि पानि नपसोस भनेर जमिन देखि केहि उचाइमा घर हरु बनाइएको छ भने यो घरहरुलाई एक ठाउँ बाट अर्को ठाउमा सार्न मिल्ने समेत गरि बनाइएको छ।


