जिसस सदस्यमाथि खुकुरी र बियरको बोतल प्रहार

मेलम्ची । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका सदस्य देशबहादुर तामाङमाथि खुकुरी र बियरको बोतल प्रहार भएको छ । आक्रमणमा परी तामाङ गम्भीर घाइते हुनुभएको छ ।

सोमबार मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीमा तामाङमाथि आक्रमण भएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका उपप्रमुख बालकुमारी सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अराजक तत्वको जमातले तामाङमाथि आक्रमण गरी घाइते बनाएको भन्दै जनप्रतिनिधिमाथिको हमलाको समितिले निन्दासमेत गरेको छ । विज्ञप्तिमार्फत दोषीलाई अविलम्ब पक्राउ गरी कडा कानूनी कारवाहीको माग गरिएको छ ।

तामाङलाई आफ्नै भाइले आक्रमण गर्दा घाइते भएका थिए । बाटोको विषयलाई लिएर इन्द्रावती गाउँपालिका–५ बस्ने ३२ वर्षीय अणबहादुर तामाङले दाजुलाई बियरको बोतलले हिर्काएका थिए । टाउकामा चोट लागेर घाइते भएका सदस्य तामाङको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖