घरैमा भारतीय ब्राण्डको स्याम्पु र विएमसी मसला बनाएर बिक्रीगर्ने पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली स्याम्पु र विएमसी मसला बनाउने सामानसहित सञ्चालकलाई पक्राउ गरेको छ ।

परिसरको टोलीले चन्द्रागिरी नगरपालिका–१५ नैकापस्थित आफ्नै घरमा ज्योति सोप एण्ड केमिकल्स इण्डस्ट्रिजको नाममा नक्कली स्याम्पु र विएमसी मसला बनाएर बिक्री वितरण गर्दे आएका धादिङ धार्केका बासुप्रसाद विडारी र ज्योति विडारीलाई पक्राउ गरेको हो ।

परिसरले आज पत्रकार सम्मेलन गरी भारतीय ब्राण्डको मसला र स्याम्पु गैरकानूनी रुपमा उत्पादन गरी बजारमा बिक्री वितरण गरिरहेको सूचनाको आधारमा जिल्ला प्रशासन र स्थानीय जनप्रतिनिधीको रोहवरमा मङ्गलबार दिउँसो नियन्त्रणमा लिइएको जानकारी दिइएको थियो ।

प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले डेढ वर्षदेखि गैरकानूनी रुपमा मासिक १०० कार्टुन मसला र १०० कार्टुन स्याम्पु उत्पादन गरी राजश्वलगायत कुनै पनि विल नकाटी निर्यात गर्दै आएको जानकारी दिनुभयो । “पक्राउ कम्पनीले एक कार्टुन मसलाको रु १० हजार र एक कार्टुन स्याम्पुको रु एक हजारसम्ममा बजारमा बिक्री वितरण गर्ने गरेको अनुसन्धानमा खुल्न आएको छ”, उहाँले भन्नुभयो ।

प्रहरीले उक्त उद्योगबाट ४४ कार्टुन मसला, ११ बोरा मसलाको कच्चा पदार्थ, मसला प्याक गर्ने प्लाष्ट्रिक ११ वण्डल, तयारी स्याम्पु ३७० बाकस, स्याम्पुको कच्चा पदार्थ दुई बाल्टिन, खाली ड्रम २० थान र ठूलो मेसिन तीन थान बरामद गरेको छ । रु ५० लाख अधिकृत पूँजी बराबरको कम्पनी खोलेको र वार्षिक दुई करोड बराबरको कारोबार गर्ने गरेको अनुसन्धानमा खुलेको छ । पक्राउ विडारीलाई कालोबजारी, कपी राइट तथा राजश्व छली सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।