सरकारी विद्यालयमा पढ्दै यस्तो झुपडीमा हुर्केकी प्रतिमा जसले १५ हजार प्रतिस्पर्धीलाई उछिन्दै एमबीबीएस ‘१ नं.’मा नाम निकालिन (भिडियो सहित)

बांकेको खजुरा गाउँपालिका ४ डि गाउँ की १७ वर्षीया प्रतिमा शर्माले गाउँको नै इज्जत राखेको भन्दै पुरै गाउँले नै खुसी भएका छन् । यि १७ वर्षीया युवती पुरै गाउँकै छोरी भएकी छन् । मदन ढुंगाना र सिता शर्माको कोखबाट जन्मेकी यि प्रतिमालाई बधाई दिनेको ओइरो लागेको छ । उनले काम पनि त्यस्तै गरिन् ।

तपाईले देख्नुभयो यो प्रतिमा जन्मिएको झुपडी हो । उनी यस्तो झुपडीमा हुर्किइन् । तर उनी भित्र भने सपनाको विशाल महल थियो । आज त्यो पुरा हुने संघारमा छ । यस्तो झुपडीमा जन्मिएर सरकारी विद्यालयमा पढेर एसइइ पास गरेकी प्रतिमाले गाउँकै इज्जत माथि उठाएर एमविविएसमा १५ हजार विद्यार्थीलाई उछिनेर नाम निकालिन् ।

आमा सिताले मासिक ६ हजार रुपैया कमाई हुने मजदुरीको काम गरेर छोरीलाई डाक्टर बनाउने सपना देखिन् । बुवा यहि झुपडीको पिडिमा बसेर छोरीले डाक्टर बनेर यस्तै झुपडीमा बस्नेहरुको सेवा गरोस् भन्ने चाहना राखे । आज भने बुवा आमाले देखेको त्यो सपना पुरा गर्ने बाटो पहिल्याएकोमा प्रतिमाले निकै गर्व गरेकी छन् । आमा टाउकोको रोगि भएकाले मेहनतको काम गर्न सक्दैनन् । आमाको कडा मेहनत र प्रतिमाको विश्वासले अहिले मलजल पाएको छ । त्यसैले सारा गाउँले नै मिलेर प्रतिमालाई फुलाउने कोशिस गरीरहेका छन् ।

प्रतिमाले एमविविएसमा नाम निकालेको थाहा पाउनासाथ सो वडाका अध्यक्ष तिलकविर सुनार सहितको टोलिले आफ्नो गाउँमा राम्रो चिकित्सक बनाउने अठोट सहित प्रतिमालाई सहयोग गर्ने प्रतिज्ञा गरे । अहिले उनी तिलक लगायत त्यस्तै सहयोगी हातहरुको भरोसामा एमविविएसको तयारी गरेकी छन् ।

सबैको आशिर्वाद र भरोसा लिएर काठमाडौं आएकी प्रतिमा अब डाक्टर बनेर सोही गाउँको सेवा गर्न चाहन्छिन् । आर्थिक विपन्नताका बावजुद पनि आमा बुवाले देखाएको साहस प्रति उनी नतमस्तक छन् । आफुलाई डाक्टर बन्ने बाटोमा सहयोग पुर्याउने गाउँलेहरुलाई उनले धन्यवाद दिएकी छन् । साथै आगामी दिनमा पनि त्यस्तै सहयोगको अपेक्षा गरेकी छन् ।

बाँकेको खजुरा ४ डि गाउँ की प्रतिमा शर्माले नेपाल सरकार को विपन्न आरक्षण कोटामा एमविविए पढ्न नाम निकाल्न सफल भए पछि उनको डाक्टर बन्ने सपना पुरा हुने भएको छ । तर त्यसको लागि भने ठूलो धनराशी चाहिने छ । त्यसैले उनले आगामी दिनमा पनि सबैसंग आर्थिक सहयोगको अपेक्षा गर्दै लाइट नेपाल मार्फत अपिल गरेकी छन् । – ताजा खबर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।