जागिर दिने भन्दै अफिसमै पटक-पटक बलात्कार, नाङ्गो भिडियो खिचेर धम्की, यसरी शुरु भयो शारीरिक शोषण…
काठमाडौं । देशको चरम बेरोजगारी छ । रोजगारीका लागि युवा–युवती काम खोज्दै भौतारिरहनु परिरहेको अवस्था छ । तर, यहि बेरोजगारीको समस्यामा साथ दिनुको सट्टा जागिरको नाममा यौन शोषणसम्मका घटना हुने गरेको छ । यस्तै घटना राजधानीमा घटेको छ । एक व्यक्तिले जागिर लगाई दिने प्रलोभनमा एक युवतीमाथि कार्यालयमै पटक–पटक बलात्कार गरेको घटना बाहिर आएको छ ।
सिन्धुपाल्चोक थुम्पाखर घर भई हाल ललितपुर भैंसेपार्टी बस्ने रेशमबहादुर पाख्रिनले एक युवतीलाई जागिर लगाई दिने प्रलोभनमा कार्यालयमै पटक–पटक बलात्कार गरेका हुन् ।
यसरी शुरु भयो शारीरिक शोषण
संखुवासभा घर भइ हाल ललितपुर डेरा गरी बस्ने ती ३५ वर्षीया युवती काठमाडौंमा जागिरको खोजीमा थिइन् । धेरैतिर जागिर खोज्दा भने जस्तो काम नपाएपछि उनी हैरान जस्तै बनेकी थिइन ।

गएको असोज १ गते ललितपुरको ज्वागलमा युवतीको भेट पाख्रिनसँग भयो । कोठा जाँदै गरेकी युवतीलाई पाख्रिनले गाडीमा लिफ्ट दिए ।
ज्वागलबाट हिंडेको गाडी पुलचोक पुगेपछि रेशमले बहाना बनाए । गाडीको बिलबुक अफिसमै भुलेको भन्दै गाडी पुनः ज्वागलको एउटा गल्लीमा लगे । गल्लीमा गाडीबाट झरेपछि रेशमले आफ्नो ‘अफिस’ देखाए ।
रेशमले बबितालाई आफ्नो कार्यालयभित्र बोलाए । भित्र गएपछि बिलबुक खोज्नुको साटो रेशम युवतीसँग गफिन थाले । उनले आफ्नो कार्यालयमा महिला कर्मचारी चाहिएको बताए र कोही भए भन्न युवतीलाई आग्रह गरे । जागिर नपाएर हैरान युवतीले आफू पनि जागिरको खोजीमा रहेको सुनाए ।
युवतीले आफै जागिरको लागि तयार रहेको बताएपछि पाख्रिन एकाएक पाखण्ड बनेर निस्किए । ‘ल मेरै अफिसमा काम गर’ भन्दै रेशम पनि बबिता बसेको सोफा टाँसिन आइपुगे । बिस्तारै रेशमले बबिताको जिउ मुसार्न थाले । युवतीले प्रतिवान गरिन् । तर, रेशम रोकिएनन् । अफिसकै सोफामा रेशमले बबितामाथि जबरजस्ती बलात्कार गरे ।
पहिलो पटक नै यति ज्यादती गरेका पाख्रिनले फेरि युवतीलाई अफिसमा बोलाए । अफिस पुगेकी युवतीलाई पाख्रिनले आफ्नो मोबाइलमा रहेको भिडियो देखाए । भिडियोमा युवतीको नाङ्गो शरीर ।
पाख्रिनले सो भिडियो इन्टरनेटमा लिक गरिदिने भन्दै धम्की दिएर अफिसमै युवतीलाई पटक–पटक गरे । रेशमको ज्यादती सहन नसकी युवतीले आफन्त र साथीहरुको सल्लाहमा प्रहरीमा उजुरी दिइन् । कार्तिक १४ गते महानगरीय प्रहरी परिसर ललितपुरमा रेशमविरुद्ध युवतीले जाहेरी दिइन् ।
प्रहरीले पाख्रिनलाईन पक्रिएपछि युवतीका आफन्तले नै रेशमलाई ‘समातेर ल्याएर’ प्रहरीलाई बुझाए । २७ गते प्रहरी नियन्त्रणमा आएका रेशममाथि अनुसन्धानका लागि ललितपुर जिल्ला अदालतले ३ दिनको म्याद थप्यो ।
प्रहरीमाथि नै शंका
अदालतले रेशममाथि अनुसन्धान गर्न थपेको म्याद पनि कार्तिक ३० गते (शुक्रवार) पूरा भइसकेको छ । यसबीचमा पीडित परिवारले भने प्रहरीबाट पटक–पटक मिल्नका लागि दवाव आएको आरोप लगाएका छन् ।
‘यो धेरै ठूलो कुरा हैन, प्रमाण पनि छैन । बरु मिल्दा सजिलो हुन्छ भन्दै प्रहरी कर्मचारीले नै आफूलाई फोन गर्ने गरेका मिलाउन खोजिरहेको युवतीले बताएकी छ् । तर प्रहरीले उक्त आरोप झुट भएको बताउँदै आएको छ ।
पीडित परिवारले प्रहरीबाट घटनाको अनुसन्धानमा लापवार्ही भएको र आफूहरुले न्याय पाउने सम्भावना नदेखिएको भन्दै बिहीवार राष्ट्रिय महिला आयोगमा उजुरी दिएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरले भने उक्त घटनाबारे अनुसन्धानकै क्रममा रहेको बताएको छ ।
अदालतको थपको म्याद शुक्रवार सकिने भएकाले थप अनुसन्धानका लागि म्याद लिन पाख्रिनलाई अदालत पेश गरिने महानगरीय प्रहरी परिसर ललितपुरका एसपी शेखर खनालले जानकारी दिएका छन् । एसपी खनालले घटनाबारे थप बुझ्नका लागि जाहेरीवालालाई बोलाए पनि उनीहरु सम्पर्कमा नआएको बताए । – नयाँ पत्रिका


