आदर्शमा विचलन भए अस्तित्व सकिन्छ : अध्यक्ष थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एकताका नाममा संवैधानिक राजसंस्था र हिन्दू राष्ट्रको विषयमा सम्झौता गर्न नसकिने बताउनुभएको छ ।

राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी)का बीच विगतमा भएका पार्टी एकताका प्रयास, हाल अवरुद्ध हुन पुगेको अवस्थाबारे पार्टीका जनवर्गीय सङ्गठनका प्रतिनिधिलाई आज जानकारी गराउने क्रममा उहाँले वैचारिक आदर्शमा विचलन भए पार्टीको अस्तित्व सकिने विचार व्यक्त गर्नुभएको हो ।

पार्टीका केन्द्रीय विभागका प्रमुख र सदस्य सचिवहरु, भ्रातृ सङ्गठनका अध्यक्ष र महासचिवको संयुक्त बैठकमा वीरगञ्जमा सम्पन्न केन्द्रीय परिषद् बैठकले तय गरेको र केन्द्रीय कार्य समितिको बैठकले तयार पारेको सङ्गठन निर्माण, जनमुखी कार्यक्रम र जनसङ्घर्षको कार्यदिशासम्बन्धी कार्यक्रमलाई कार्यान्वयनमा लैजाने विषयमा छलफल भएको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।

बैठकमा सबै विभाग र भ्रातृ सङ्गठनहरुले आगामी तीनमहीने कार्य योजना पेश गरेका छन् । आज पेश भएका कार्ययोजनामा हिन्दू राष्ट्र पुनःस्थापनाका लागि राष्ट्रिय जनजागरण अभियानलाई सबै विभाग र सङ्गठनहरुले प्रमुख रुपमा उठाएका छन् । यस क्रममा पार्टीको संयोजित सङ्गठन विभागले आगामी मङ्सिर ७ गते सबै भ्रातृ सङ्गठनको उपत्यकास्तरीय संयुक्त कार्यक्रम गर्ने निर्णय गरिएको छ । बैठकमा पेश भएका कार्यक्रमको नियमित अनुगमन पार्टीको केन्द्रीय सचिवालयले गर्नेछ ।

सैद्धान्तिक दृष्टिकोणमा प्रस्ट हुनुपर्छ : अध्यक्ष राणा

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले सैद्धान्तिक दृष्टिकोणमा प्रस्ट रहेर मात्रै अन्य पार्टीसँग एकता अगाडि बढाउने भएको छ । पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीभित्र बृहत् छलफलपछि मात्रै पार्टी एकता गर्ने निणर्य गरेको महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त पार्टीले राप्रपा परिवेशका र अन्य दलसँग एकताका लागि छफलल गरिरहेको छ । पार्टीको भ्रातृ सङ्गठन पूर्वप्रहरी परिषद्को केन्द्रीय कार्यसमितिको बैठकले हिन्दू राष्ट्र पुनःस्थापनाका लागि आगामी फागुन ७ गतेदेखि सशक्त अभियान शुरु गर्ने निर्णय गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।