नेकपा नेतृ सुवेदीले गराईन बुहारीको दोश्रो विवाह !
काठमाडौ, १ मंसिर । नेकपा नेतृ एवं सांसद पूर्णकुमारी सुवेदीले बुहारीको विवाह गराइदिएकी छन् । संसदको प्राकृतिक स्रोत साधन समितिकी सभापतिसमेत रहेकी सुवेदीले बुहारी मालती शर्माको दोश्रो विवाह गराइदिएकी हुन् ।
सुवेदी पुत्र अच्युतराजको २०७२ वैशाख १२ गतेको महाभूकम्पमा परी निधन भएको थियो । सुवेदीले बुहारीलाई छोरीका रुपमा केही पारिवारिक सदस्यको उपस्थितिमा रितपूर्वक विवाह गराइदिएकी हुन् ।



