अष्ट्रेलिया जाने तयारीमा भनिएका चितवनबाट बेपत्ता सुदीप तेह्रथुममा भेटिए

चितवन, १ मङ्सिर । छ दिनदेखि हराइरहेका कालिका नगरपालिका–६ बाग्लुङ्गेटोलका २४ वर्षीय सुदीप सापकोटा तेह्रथुममा फेला पर्नुभएको छ ।

कात्तिक २६ गते सोमबार विदेश यात्राका लागि आवश्यक सामान खरीद गरी फर्कने क्रममा उहाँ नारायणगढबाट बेपत्ता हुनुभएको थियो ।

इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीका अनुसार प्रहरीले उहाँलाई तेह्रथुमको ब्लुहेभन होटलमा भेटेको हो । प्रहरीले उहाँको मोबाइल र ल्यापटप ट्रेस गरी ठाउँ पत्ता लगाएको ज्ञवालीले बताउनुभयो ।

सापकोटाले अष्ट्रेलिया जान तयार पारेको कागजपत्रसमेत नक्कली भएको पुष्टी भएको छ । अष्ट्रेलिया जाने तयारीमा भनिएका सुदीप नारायणगढमा सामग्री किनमेल गरेपछि सुटकेससहित सम्पर्कविहीन हुनुभएको थियो ।

भारतको दिल्लीबाट कम्प्युटर इञ्जिनीयर उत्तीर्ण गर्नुभएका सुदीपको आगामी मङ्सिर ४ गते अष्ट्रेलिया जाने विद्यार्थी भिसासमेत लागी टिकटसमेत लिइसकेको भनिएको थियो । गत असोज ३ गते विदेश जाने भन्दै विवाहसमेत गर्नुभएको थियो । सुदीपका बुबा गङ्गा सापकोटाले सुदीप भेटिएको र लिनका लागि तेह्रथुम गइरहेको बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।