वडास्तरमै युवा स्वरोजगार कार्यक्रम

गोरखा । गोरखाको गण्डकी गाउँपालिका–८ ले वडाभित्रका युवालाई स्वरोजगार बनाउन युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरेको छ । वडा कार्यालयले युवालाई स्वदेशमै कृषि, पशुपालनलगायतका पेशा व्यवसाय गर्न हौसला प्रदान गर्न स्वरोजगार कार्यक्रम सञ्चालन गरिएको वडाध्ययक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

वडा कार्यालयले वडाभित्रका विभिन्न सात स्थानको पहिचान गरी चालु आर्थिक वर्षका लागि कार्यक्रम शुरु गरेको उहाँले बताउनुभयो । “कार्यक्रममा सहभागी हुन चाहनेका लागि निवदेन आह्वान गरिसकिएको छ”, वडाध्यक्ष रेग्मीले भन्नुभयो, “समूहमा आउनेलाई प्राथमिकता दिएर छनोट गर्ने तयारी गरेका छौँ ।”

स्वरोजगार कार्यक्रममा सहभागी हुने व्यक्ति वा समूहले उत्पादनमूलक पेशा व्यवसाय गर्नु पर्ने र कम्तीमा पाँच वर्ष सोही पेशालाई निरन्तरता दिनेलाई मात्र कार्यक्रममा सहभागी गराइने उहाँले बताउनुभयो । “पुराना पेशा व्यवसाय आरन, सूचीकार, कुखुरापालन, कृषि व्यवसाय गर्नेलाई पहिलो प्राथमिकता दिइनेछ, वडाध्यक्ष रेग्मीले भन्नुभयो, “धेरै निवदेन परेकाले प्राथमिकताका आधारमा छनोट गरिनेछ ।

कार्यक्रमअन्तर्गत वडाले व्यक्तिलाई कम्तीमा रु ५० हजार र समूहलाई रु दुई लाखसम्मको अनुदान सहयोग गर्ने उहाँले बताउनुभयो । अधिकांश युवा सामान्य रोजगारीका लागि विदेशिने गरेकाले युवालाई स्वदेशमै बसेर पनि काम गर्न सके आत्मनिर्भर बन्न सकिन्छ भन्ने प्रेरणा दिन कार्यक्रम शुरु गरिएको वडाध्यक्ष रेग्मीको भनाइ छ ।

तरकारी खेतीको राम्रो सम्भावना बोकेको भम्लिचोकमा व्यावसायिक खेती गर्न सके यही राम्रो आम्दानी गर्न सकिने उहाँले बताउनुभयो । “अहिले युवा महीनामा रु २०÷३० हजार कमाउन विदेश पुग्छन्, यहीँ तरकारीखेती गरेर मासिक रु ५० हजार कमाउने पनि छन्”, वडाध्यक्ष रेग्मीले भन्नुभयो । युवालाई गाउँमै राखेर आत्मनिर्भर बनाउन सके गाउँको मुहार फेरिन समय नलाग्ने उहाँको भनाइ छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।