बसको रेडिवाटर पड्किँदा चालकसहित छ जना घाइते, तीन जनाको अवस्था गम्भीर

गौशाला, १६ मङ्सिर । ‘शिवचर्चा’ को लागि श्रद्धालु बोकेर महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट सोनमा गाउँपालिकाको सुन्दरपुर जाँदै गरेको एक बसको रेडिवाटर पड्किँदा आधा दर्जन श्रद्धालु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार शनिबार जलेश्वरबाट सुन्दरपुर जाँदै गरेको ज१ख ८७४ नंको बसको सम्सी गाउँपालिका–८ स्थित सडकखण्डमा अचानक रेडिवाटर पड्किँदा चालकसहित आधा दर्जन श्रद्धालु घाइते भएका छन् ।

घाइतेमध्ये जलेश्वर नगपालिका–१ की ५० वर्षीया सतिया देवी, वडा नं ८ की ५५ वर्षीया लीला देवी र बलवा नगरपालिका–४ की ५५ वर्षीया परेखनी देवीको अवस्था गम्भीर रहेको छ । साथै बसका चालक विजय मण्डल र अन्य दुई जना पनि घाइते छन् । घाइतेहरुको उपचार धनमति देवी मेमोरियल प्राथमिक उपचार केन्द्र सम्सीमा भइरहेको छ ।

जलेश्वरबाट सुन्दरपुर जाँदै गरेको शिवचर्चा श्रद्धालु बोकेको बसको रेडिवाटर अचानक पड्किँदा रेडिवाटरको तातोपानी बसभित्र बसेका श्रद्धालुहरुको जीउ, हातखुट्टा, अनुहारलगायतका भागमा परेपछि जलेर उनीहरु घाइते भएका थिए ।

लागुऔषधसहित दुई युवक पक्राउ

भारतबाट लागुऔषध बोकी नेपाल प्रवेश गरेका दुई युवकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्लाको मिथिला नगरपालिका–६ बस्ने १८ वर्षीय मौसम लामा र वडा नं १० बस्ने १९ वर्षीय भीमबहादुर खप्तडी मगर रहेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।

शनिबार दुवै जना भारतको सीतामढी जिल्लाअन्तर्गत रहेको भिट्ठामोड शहरबाट लागुऔषध नाइटोभेट १५० थानसहित महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–३ स्थित मलिवारा बस बिसौनीमा जाँचको क्रममा पक्राउ परेका हुन् । पक्राऊ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखी आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।