सत्तरी दुर्घटनामा २३ जनाको मृत्यु

दाङ, १६ मङ्सिर । जिल्लामा चालू आर्थिक वर्ष २०७५÷७६ को हालसम्ममा ९३ सवारीसाधन दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५६ जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक उत्तमकुमार जिसीका अनुसार सबैभन्दा बढी ५२ मोटरसाइकल दुर्घटना भएको थियो । यस्तै १२ बस, १० ट्र्याक्टर, आठ जीप तथा कार, छ टेम्पो तथा तीन÷तीन ट्रक र टिपर दुर्घटना भएको थियो । गत आवको सोही अवधिमा ८९ सवारीसाधन दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको थियो ।

प्रहरीले सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने १० हजार ५९२ चालकलाई कारवाही गरेको थियो । कारवाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक चार हजार ८९, ट्रक चालक दुई हजार ९६, बस चालक एक हजार ३९६, जिप चालक एक हजार २२४, ट्र्याक्टर चालक एक हजार २००, टेम्पो चालक ४८७ र अटोरिक्सा चालक १०० भन्दा बढी रहेका छन् । चालकलाई कारवाही गर्दा रु ६४ लाख ७२ हजार राजश्व सङ्कलन भएको जिसीले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।