‘न्याय नपाए सैनामैना जानू’

रुपन्देही १७ मङ्सिर । न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउन सैनामैना नगपालिकाले अभियान शुरु गरेको छ ।

मेलमिलापको माध्यमबाट विवाद निरुपण गर्ने अधिकार स्थानीय निकायलाई भएकाले न्यायिक प्रक्रिया सहज होस् भन्ने उद्देश्यले वडाका एकसय अगुवालाई मेलमिलाप सम्बन्धी प्रशिक्षण दिइएको नगरउपप्रमुख तथा न्यायिक समिति संयोजक बिना रानाले जानकारी दिनुभयो ।

वडाबाटै आउने साना विवाद वडामै टुङ्ग्याउन वडाका अगुवा सचेत हुन जरुरी भएको र उनीहरुको सहयोगमा मेलमिलापकर्ताले विवाद समाधान गर्नसक्ने भएकाले पहिलो चरणमा वडाका प्रतिनिधिसँगै अगुवालाई पनि प्रशिक्षण दिन थालिएको उहाँले बताउनुभयो ।

नगरप्रमुख चित्रबहादुर कार्कीले भन्नुभयो , “पहिले न्याय नपाए गोर्खा जानु भन्थे अब न्याय नपाए सैनामैना जानु भन्ने बनाउनुपर्छ । ” मेलमिलापको माध्यमबाट विवाद निरुपण गर्ने अधिकार स्थानीय निकायलाई भएकाले न्यायिक प्रक्रिया प्रभावकारी बनाएर छिटो न्याय दिन चेतनामूलक अभियान थालनी गरिएको उहाँले बताउनुभयो ।

समाजमा हुने हिंसा, झैझगडा, पारिवारिक समस्याजस्ता विवादलाई समयमै निवारण नगर्दा अदालतसम्म पुग्नुपर्ने स्थिति आउन नदिन विवाद निरुपणका लागि मेलमिलापकर्ता दक्षहुनुपर्नेमा नेकपाका नगर अध्यक्ष खुशीराम चौधरीले जोड दिनुभयो ।न्यायिक समितिका सदस्य सविता भण्डारीका अनुसार अहिलेसम्म न्यायिक समितिमा जग्गा विवाद, घरेलु हिंसा, अंशबण्डालगायत ४० उजुरी परेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।