विद्यालय नआउने क्रम बढेपछि छात्रालाई धुन मिल्ने सेनेटरी प्याड

दमौली । महिनावारी हुँदा छात्राहरू विद्यालय नआउने क्रम बढेपछि सामाजिक उत्थान नेपालले तनहुँको ब्यास नगरपालिका–१२ कमलाबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयका छात्रालाई सेनेटरी प्याड वितरण गरेको छ ।

महिनावारी भएको समयमा छात्रा विद्यालयमा अनुपस्थित हुने गरेको पाइएपछि उक्त संस्थाले विद्यालयमा कक्षा ७, ८, ९ र १० मा अध्ययन गर्ने ८० छात्राहरुलाई धुन मिल्ने सेनेटेरी प्याड वितरण गरेको हो ।

पोखरा डेज संस्थाद्वारा उपलब्ध गराइएको रु ६० हजार बराबरको सेनेटरी प्याड सहितको झोला छात्रालाई हस्तान्तरण गरिएको संस्थाकी अध्यक्ष नोमा थापाले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त सेनेटरी प्याड वातावरणमैत्री रहेको र तीन वर्षसम्म प्रयोग गर्न सकिन्छ ।

“महिनावारी भएको समयमा छात्रा विद्यालयमा अनुपस्थित हुनाका साथै विद्यालय आएको समयमा महिनावारी भयो भने पनि कक्षा नै छाडेर नै जाने गरेका छन्,” विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले भन्नुभयो, “तीन÷चार दिनसम्म पनि विद्यालय नआएको तथ्याङ्क छ ।”

कक्षा १० मा अध्ययनरत मूर्तिकला उपरकोटीले महिनावारी हुँदा लाजका कारण विद्यालय आउन नसक्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालय आएको समयमा महिनावारी भयो भने बिदा मागेर घर जाने गरेकी थिएँ तर अब भने त्यस्तो समस्या हुँदैन ।”

केही समयअघि मात्रै ब्यास नगरपालिका–१ स्थित जलदेवी माध्यमिक विद्यालयका छात्रालाई उक्त प्याड वितरण गरेको र ब्यास नगरपालिका–१ कै निर्मल माध्यमिक विद्यालय र कास्कीको सहारा आधारभूत विद्यालयमा पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउने तालीम सञ्चालन गरिएको उक्त संस्थाका अध्यक्ष थापाले जानकारी दिनुभयो । (फाईल फोटो)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।