प्रदेश-१ लाई ‘आइ केयर टुरिजम’ केन्द्रमा विकाश गरिने

विराटनगर, १९ मङ्सिर (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई आई केयर टुरिजमको केन्द्रका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल नेत्र ज्योति सङ्घले शुरु गरेको स्कूलका बालबालिकामा देखिने दृष्टि दोष निवारण कार्यक्रमको उद्घाटन गर्दै उहाँले आँखा परीक्षणको क्षेत्रमा प्रदेशको अस्थायी राजधानी विराटनगर आगाडि रहेको बताउनुभयो ।

मुख्यमन्त्री राईले अन्य रोगको उपचारका लागि नेपाली जनता भारतलगायत अन्य देशमा जानुपर्ने बाध्यता रहे पनि आँखा परीक्षणका लागि वर्षेनी भारतबाट लाखौँको सङ्ख्यामा बिरामी विराटनगर आउने गरेकाले पनि यस क्षेत्रलाई आई केयर टुरिजमको केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

मोरङ र सुनसरीका स्कूलका बालबालिकाको निःशुल्क आँखा जाँच कार्यक्रम आजदेखि शुरु गरिएको हो । उक्त कार्यक्रममा दुई लाख ८० हजार स्कूल बालबालिकाको निःशुल्क आँखा जाँच गरिने जनाइएको छ । विद्यार्थीलाई निःशुल्क औषधि र छ हजार चस्मा वितरण गरिने जनाइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।