सिद्धान्त र नीति घोकेर मात्र विकास हुँदैन : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेल तथा सदस्यद्वय मीना भण्डारी र पूर्ण लक्समलाई आज एक समारोहबीच पद तथा गोपनियताको शपथ गराउनुभयो ।

सो अवसरमा मुख्यमन्त्री राईले समग्र प्रदेशको विकास र समृद्धिका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिदैं सिद्धान्त र नीति घोकेर मात्र विकास हुदैन, यसका लागि स्पष्ट खाका र ढाचा बनाउनुपर्छ, जनताका भावना र चाहनालाई केन्द्रबिन्दुमा राखेर योजना बनाउन आयोगलाई सुझाव दिनुभयो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले जनतालाई आत्मनिर्भर बनाउने खालका योजना भएमा मात्र प्रदेशमा विकासको लहर जाग्ने बताउनुभयो ।

प्रदेशका मुख्यसचिव केदार न्यौपानेले प्रदेशमा उपलब्ध साधन र स्रोतको उच्चतम प्रयोग भएमा जनताका आकाङ्क्षा पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

समारोहमा सभामुख प्रदीपकुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की र आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो एवं प्रदेश मन्त्रालयका सचिव र कर्मचारीहरुको उपस्थिति थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।