प्रदेश १ मा दैनिक ४ घण्टा ट्रिपर सञ्चालनमा रोक

धनकुटा खबर । आगामी पौष १ गतेवाट प्रदेश नं १ अन्र्तगतका धनकुटा सहित अन्य जिल्लाका मुख्य राजमार्ग र सहायक राजमार्गमा दैनिक ४ घण्टा ट्रिपर सञ्चालनमा रोक लगाईने भएको छ ।

सूरक्षा तथा ट्राफिक आवागनलाई ध्यानमा राख्दै विहान ९ देखी ११ वजे सम्म र दिउसो ३ देखी वेलुकी ५ वजे सम्म पीक आवरमा मुख्या राजमार्ग र सहायक राजमार्गमा ट्रिपर चलाउन रोक लगाईएको १ नं प्रदेश ट्राफिक प्रहरी कार्यलय ईटहरीलाई उधृत गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

सवारी दूर्घटना जोखिम न्यूनिकरणका लागि १ नं प्रदेशका सम्वन्धित सूरक्षा समिति समेतको निर्णय अनुसार उल्लेखीत मिति देखी तोकिएको समयमा मुख्य राजमार्ग र सहायक राजमार्गमा ट्रिपर नचलाउन सम्वन्धित सवैलाई आग्रह गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।