चट्टानी क्षेत्र ३ महिना पछि व्ल्यास्टिङ्ग
धनकुटा । प्रदेश १ को मात्र नभएर मुलुककै समृद्धिको आयोजनाका रुपमा रहेको जोगवनी किमाथाङ्गका सडकको संखुवासभामा रहेको चट्टानी क्षेत्र ट्रयाक खोल्नका लागि अवको ३ महिना पछि व्यास्टिङ्ग गर्ने काम सुरु हुने भएको छ ।
संखुवासभाको सदरमुकाम खाँदबारी देखि चीन र नेपालको सिमा किमाथाङ्गका सम्मको १ सय ६२ किलोमीटर मध्ये ८१ किलोमीटर ट्रयाक खोल्ने काम पुरा भएको सडक आयोजनाका प्रमुख पशुपति ज्ञवालील जानकारी दिए ।
धनकुटा खबरसंग कुरा गर्दै उनले भने “१३ किलोमिटर चट्टानी क्षेत्र छ यो सबै भन्दा अप्ठेरो स्थान पनि हो यसमा ट्रयाक खोल्नका लागि अवको ३ महिना पछि नेपाली सेनाको सहयोग मा व्यास्टिङ्गको काम सुरु गरिने छ ” । यसमा नेपाली सेनाको सहयोग बिना काम गर्न नसकिने भएकोले रक्षा मन्त्रालय संग पनि समन्य भएको ज्ञावलीले बताए ।
अब सेनाले चट्टानी क्षेत्र व्ल्यास्टिङ्ग गर्दा बस्ने र अन्य पूर्वाधार बनाउने बिचमा प्राविधीक समस्या नआए व्यास्टिङ्गको काम पनि छिटो गरीने ज्ञावलीले जानकारी दिए । प्रदेश सरकार र संघिय सरकारले पनी यस सडक लाई उच्च महत्व दिएको देखिन्छ ।


