मुलघाटमा रमाईलो गर्न आउनेहरुको गुनासो,- ‘सुन्दर ठाऊँ भए पनि भौतिक पुर्वाधार भएन !’

धनकुटा खबर । मंसिर सुरु भएसंगै तराईका जिल्ला लगायत अन्य स्थानबाट पनि पारिवारीक घुमघाम र वनभोजका लागि आन्तरिक पर्यटक आउने प्रमुख स्थान मुलघाटमा भौतिक पुर्वाधार अभावको गुनासो गर्ने गरेका छन् ।

परिवार संगै घुम्न आएका धरानका रोशन कार्कीले यहाँको पूर्वाधारको पक्षमा भने गुनासो गरे उनले भने ठाउँ सुन्दर भए पनि नदी किनार छेउ बस्नका लागि बिश्रामलय, पार्क का साथै तोकिएको पिक्नीकस्पट नहुदा भने बाहिर बाट आउने लाई समस्या हुने रहेछ ।

वनभोजका लागि इटहरीबाट आएका सुर्य थापाले भने तराईका जिल्ला बाट वनभोजका र घुमफिरका लागि यहाँ आएको धरै पटक भयो तर यहाँको पूर्वाधार विकासले भने सोचे अनुसारको गति लिन नसक्दा बाहिर बाट आउने हामी जस्ताका लागि पनि खल्लो महसुश हुने गरेको छ ।

धार्मिक पर्यटनका साथै घुमघाम र वनभोजका लागि मनोरञ्जनात्म स्थान मुलघाट भए पनि सरोकार वाला निकायले अव भने यहाँको भौतिक पूर्वाधार विकासमा ध्यान दिनु पर्ने आवश्यक देखिन्छ ।

भेडेटार र नमस्ते झरना सम्म आउने पर्यटक लागि मुलघाट सम्म ल्याउन सके यसको प्रचार प्रसारका साथै मुलघाट पनि आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्ने थियो की ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।