धनकुटाको बेलहारामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
धनकुटा खबर । उच्च सरकारी वकील कार्यलय धनकुटाले धनकुटाको बेलहारामा कानुनी सचेतना कार्यक्रमसम्पन्न भएको छ ।
नगरपालिका वडा नम्बर ९ बेलहाराको देउराली माविमा भएको कार्यक्रममा सरकारी वकिल कार्यालयलयले गर्ने काम,कर्तव्य,अधिकार र न्याय सम्पादन सेवा सुविधाको बारेमा जानकारी गराईएको थियो ।
कार्यक्रममा उच्च सरकारी वकीलको कार्यालयका धनकुटा शाखा अधिकृत कल्याण पराजुलीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम उच्च सरकारी वकील कार्यालय धनकुटाका निमित्त सह न्यायधिवक्ता मनोज कुमार आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो।



