लैङ्गिक महिला हिंसा बिरुद्धको १६ दिवसिय अभियान सकियो

धनकुटा खबर । छथर गाउँलालिकाले लैङ्गिक महिला हिंसा बिरुद्धको १६ दिवसिय अभियानको समापन गरेको छ ।

समापनको अवसरमा गाउँपालिकाले महिला हिंसा र कानुनी अधिकारका बारेमा सचेतना कार्यक्रम गरेको छ । प्रदेश सभा ख का सांसद् ईन्द्रमणी पराजुलीद्वारा उद्घाटन गरिएको उक्त सचेतना कार्यक्रममा हुसाडेक धनकुटाका उपाध्यक्ष गिता अधिकारीले सहजिकरण गर्नुभएको थियो ।

गाउँपालिकाले ६ वटै वडा स्तरको बिभिन्न कार्यक्रम गरेर अभियानको समापन गरेको गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बुले जानकारी दिनुभयो । हरेक बर्ष अन्तराष्ट्रिय महिला हिंसा बिरुद्धको दिवशका दिन नोभेम्बर २५ बाट शुरु भई अन्तराष्ट्रिय मानव अधिकार दिवश डिसेम्बर १० का दिन यो अभियान सन्चालन गर्ने गरिएको छ ।

जस अनुसार मंसिर ९ देखि २४ गते सम्म नेपालभरी ‘लैङ्गिक हिंसा र दुर्ब्यबहार : छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ बिभिन्न कार्यक्रमका गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।