आफ्नो बर्दि खोलेर लैजान आइजीपी खनालको सासंदहरुलाई चुनौती (भिडियो सहित)

काठमाडौं, मंसिर २४ । प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले निर्मला पन्तको हत्या अनुसन्धानमा गल्ती भेटिए आफु बर्दी खोल्न तयार रहेको घोषणा गर्नुभएको छ । संघीय संसदको दिगो विकास तथा सुशासन समितिमा आज सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अइजीपी खनालले सो घोषणा गर्नुभएको हो ।

आइजीपी खनालले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याका विषयमा आफुले कुनै कमी कमजोरी नगरेको प्रष्ट पार्दै यदी आफूबाट गल्ती भेटिए बर्दी खोल्न तयार रहेको बताउनु भयो । समितिमा सांसदले हत्यारालाई पक्राउ गर्न नसके राजिनामा दिनुस सक्षम आइजी आउँछ भन्दै आक्रोस पोखेपछि आइजीपी खनालले प्रतिवाद गर्नुभएको हो ।

‘निर्मला हत्याकाण्ड पछि निन्द्रा लाग्न छोडेको छ, एक रौ पनि गलत काम गरेको छैन । सिसिटिभी लगायतका प्रविधिको अभावमा छानविनमा समस्या आएपनि अहिलेसम्म कुनै दबाबमा काम गरेको छैन, निर्दोष व्यक्तिलाई फसाउने काम हुँदैन । नचाहिने काम गरेको पाईए संसदीय समितिमा ल्याएर बर्दी खोलिदिनुस,’ आइजीपी खनालको भनाई थियो ।

उहाँले अनुसन्धान प्रभावित हुने गरी आफूले भूमिका निर्वाह नगरेको पनि प्रष्ट पार्नुभयो । हालसम्म पनि अपराधी पत्ता लाग्न नसकेपछि प्रहरीको सर्वत्र आलोचना भइरहेको छ । निर्मला पन्तको बलात्कार पछि हत्या भएको ४ महिना भन्दा बढी भैसकेपनि अहिले सम्म दोषीको पहिचान हुन सकेको छैन । निर्मला पन्तलाई न्याय मान्दै देशभर प्रदर्शन भैरहेको छ ।

‘निर्मला हत्याकाण्ड पछि निन्द्रा लाग्न छोडेको छ, एक रौ पनि गलत काम गरेको छैन । सिसिटिभी लगायतका प्रविधिको अभावमा छानविनमा समस्या आएपनि अहिलेसम्म कुनै दबाबमा काम गरेको छैन, निर्दोष व्यक्तिलाई फसाउने काम हुँदैन । नचाहिने काम गरेको पाईए संसदीय समितिमा ल्याएर बर्दी खोलिदिनुस,’

पन्तको घटनाको विषय संसदको दिगो विकास तथा सुशासन समितिमा पनि प्रवेश भएको छ । साउन १० गते रोशनीको घर गएकी पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।