आफैले बोकेको बन्दुक पड्किएर पाख्रीबास धनकुटामा १ जनाको मृत्यु
धनकुटा खबर । आफैले बोकेको भरुवा वन्दुक पड्किएर धनकुटामा एक जनाको मृत्यू भएको छ ।
जिल्लाको पाख्रीवास नगरपालिका वडा नं ८ मुगाका ३५ वर्षका भीम कुमार राईको चुवाडे खोलामा हिजो साँझ वन्दुक पड्किएर मृत्यू भएको जिल्ला प्रहरी कार्यलय धनकुटाको एसपी सुरेन्द्र वहादुर गुरुङले जानकारी दिनुभयो ।
मृत शव पोष्मार्टमका लागि आज जिल्ला अस्पताल धनकुटा पुर्याईएको छ । घटनाको वारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



