अब दुई सय, पाँच सय र दुई हजार दरका भारतीय नोट चलनचल्तीमा नल्याउने सरकारको निर्णय

काठमाडौं, २७ मंसिर । सरकारले तीन दरका भारतीय नोट चलनचल्तीमा नल्याउने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले दुई सय, पाँच सय र दुई हजारका भारतीय नोट प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

भारत सरकारले २०७३ साल कात्तिक २३ गते रातिदेखि ५ सय र १ हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाएसँगै राष्ट्र बैंकले पनि भारतीय नोट सटहीमा रोक लगाएको थियो । नेपालमा रहेका वैध भारतीय रुपैयाँको व्यवस्थापन हुन नसकेपछि सरकारले एक सयको बाहेक अन्य भारतीय नोट ल्याउन र राख्न गैर कानूनी हुने भन्दै प्रयोगमा नल्याउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

यस्तै बैठकले कपडा उद्योग संघको माग सम्बोधन गर्दै आयात सामग्रीमा एक प्रतिशत कर लगाउने निर्णय गरेको छ । उद्योगका लागि आयात हुने मिल मेसिनरी, स्पेयर पार्टस्, केमिकलमा अब १ प्रतिशत मात्र कर लाग्नेछ । त्यस्तै, मन्त्रिपरिषदले उद्योगले खपत गर्ने विद्युत महशुलमा ५० प्रतिशत सम्म नगद छुट दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश परामर्शका लागि लोकसेवा आयोगमा पठाउने समेत निर्णय गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।