धनकुटाका सरोज राईलाई कलिलै उमेरमा यति ठूलो रोग, बचाईदिन आग्रह

नारायण कुमार राई, धनकुटा खबर । ब्लड क्यान्सर भएका आफ्ना छोरालाई बचाउन धनकुटाका एक आमा–बुवा आमाले आर्थिक सहयोगका लागि अपिल गरेका छन् ।

गएको ३ महिना देखि क्यान्सर भएका शहिदभूमी गाउँपालिका वडा नं. ३ तेली टोलका ११ बर्षिया सरोज राईको उपचारमा समस्या भएको छ । उनको उपचारका लागि डाक्टरहरुले २० लाख रकम आवश्यक भएको भन्दै आमा सरिना र बुवा छत्र राईले सहयोगको लागि अपिल गरेका हुन् ।

‘मलाई बिदेश हुंदा सुगर भएर १२ लाख खर्च भयो,यसलाई त उपचार नै गर्न नसकिने झन ठूलो रोग पो लागेछ ।’–बुवा छत्रले भने । प्रारम्भिक उपचारका लागि नोवेल मेडिकल कलेज बिराटनगरमा उपचार पछि उनलाई थप उपचारका लागि भरतपुर क्यान्सर अस्पताल लान लागिएको उनले जानकारी दिए ।

बिद्यालयको १६ हजार सहयोग सहित हाल सम्म २ लाख ५० हजार सकिएछि थप उपचारका लागि आर्थिक अभाव भएको उनले बताए । स्थानिय जालापादेवी आधारभूत प्रा.बि.मा कक्षा ६ मा अध्ययनरत राईलाई हिंड्न नसक्ने,ज्वरो निको नहुने र नाक,मुखबाट रगत बग्ने भएपछि ब्लड क्यानसर भएको पत्ता लागेको थियो ।

कृषि पेशामा आवद्ध उनीहरु संग कुनै आम्दानीको श्रोत नभएकाले आफ्नो एक मात्र छोरा बचाई दिन राई दम्पतिले सबैलाई अनुरोध गरेका छन् । सहयोग गर्न ईच्छुक सहयोगी मनहरुले फोन नं. ९८००९६४८९६ मा सरोजको बुबालाई सम्पर्क गर्न सक्नुहुनेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।