कांग्रेस महासमितिको बैठक सफल बनाउन धनकुटाको चौक चौकमा प्रचारात्मक अभियान
धनकुटा खबर । नेपाली कांग्रेसको महासमिति सदस्यको बैठकलाई सार्थक र सफल बनाउन शुभकामना व्यक्त गर्दै आज धनकुटाको चौक चौकमा प्रचारात्मक अभियान अन्र्तगत ब्यानार राख्ने काम सम्पन्न भयो ।
लामो समय प्रश्च्यात काठमाण्डौमा मंसिर २९ गते देखी पौष ३ गते सम्म हुन गैरहरेको नेपाली कांग्रेसको महासमिति सदस्यहरुको बैठकबाट नेपाली कांग्रेसलाई नया सिराबाट संगठित गर्ने नया अवधारणा ल्याउनका लागी विधान लगायत राजनैतिक र आर्थिक दस्तावेजहरु पारित गर्न सफल पार्नका लागी शुभ कामनाा व्यक्त गर्दै प्रचार गर्ने काम सम्पन्न गरिएको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

नेपाली कांग्रेसको महासमितिको बैठकको सफलताको कामना गर्दै धनकुटा बजारको विभिन्न चौकहरुमा व्यानर राखी प्रचार प्रसार गर्ने काम सम्पन्न गरिएको नेपाली कांग्रेस धनकुटाका सदस्य तथा धनकुटा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठले वताउनु भयो ।


