नेपाल प्रेस यूनियन धनकुटाको अधिवेशन पुस ४ गते
विकास घिमिरे, धनकुटा खबर । नेपाल प्रेस यूनियन धनकुटाले अगामी जिल्ला अधिवेशनका यही पुष ४ गते हुने भएको छ ।
शुक्रबार बसेको नेपाल प्रेस यूनियन धनकुटाको कार्यसमितीको बैठकले यही पुष ४ गते शाखाको ९ औ अधिवेशन गर्ने निर्णय भएको नेपाल प्रेस यूनियन धनकुटाका अध्यक्ष यानिन्द्र तिगेला जानकारी दिए ।
नेपाली कांग्रेसको महासमितीको बैठक सुरु भएको उत्घाटन कार्यक्रममा केन्द्रिय नेता उपस्थित हुन नसक्ने जानकारी भएकोले यस अघि मंसिर २९ गते गर्ने भनि गरको निर्णय लाई पछि सारिएको अध्यक्ष तिगेलाले जानकारी दिए ।
बैठकमा प्रेस यूनियका केन्द्रिय उपाध्यक्ष विजयसन्तोषी राई, सल्लाकार राजेश्वर बहादुर श्रेष्ठ लगायतको उपस्थिती रहेको तिगेलाले जानकारी दिए ।


