परराष्ट्रमन्त्री अमेरिका भ्रमणमा जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही पुस २ गते बिहान संयुक्त राज्य अमेरिकाको भ्रमणमा जानुहुने भएको छ ।

उहाँले अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोसँग पुस ३ गते वासिङ्टन डिसीमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा मन्त्री ज्ञवालीले राष्ट्रपति कार्यालय, अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) र मिलेनियम च्यालेञ्ज कर्पोरेशनका उच्च अधिकारीसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्नुहुनेछ ।

पुस ३ गते नै परराष्ट्र सचिव शङ्करदास वैरागीले अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यएशिया मामिलासम्बन्धी प्रमुख उपसहायक सचिव एलाइस जी वेल्ससँग परामर्श बैठक गर्ने कार्यक्रम छ ।

सचिव वैरागीले नेतृत्व गर्ने परामर्श बैठकका सदस्यमा अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, अर्थ र गृह मन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालय र वासिङ्टन डिसीस्थित नेपाली दूतावासका अधिकारी हुनुहुन्छ । मन्त्री ज्ञवाली पुस ६ गते शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।