कानेपोखरीमा न्यानो सिरक वितरण !

गोपाल काफ्ले, पथरी । मोरङको कानेपोखरी गाँउपालिका वडा नम्वर ३ मा बुधवार न्यानो सिरक वितरण गरिएको छ । न्यानो सिरक वितरण कार्यक्रम अभियान अन्र्तगत आर्थीक रुपमा गरिब तथा अति विपन्न्न चौधरी समुदायमा न्यायो सिरक बितरण गरिएको छ । जाडोको समयमा न्यानो प्रदान गर्ने उद्देश्यका साथमा वडा नम्वर २ र ३ का १६० घरपरिवारलाई सिरक वितरण गरिएको हो ।

कानेपोखरी गाँउपालिकाको वडा नम्वर ३ मा रहेको काली मन्दिरको प्राङणमा आयोजना गरिएको सो कार्यक्रममा वडा नम्वर ३ का १३० घरपरिवार र वडा नम्वर २ का ३० घरपरिवारलाई बितरण गरिएको छ । समितीले १ लाख ५० हजार मुल्य वरावरको २५० थान सिरक वितरण गर्ने कार्यक्रम संयोजक विवेक लिम्वुले बताएका छन् ।

लिम्वुको संयोजकत्वमा न्यानो सिरक वितरण अभियानको थालनी गत कात्र्तिकमा केहि सुभचिन्तक हरुको सहयोगमा ४५ हजार रुपैयाको कोष वनाएर अभियानको थालनीले सो कोषमा देश तथा विदेशमा रहेका नेपाली हरुको सहयोगमा १ लाख ४२ हजार रुपैया बरावरको कोष खडा गरि सो कार्यक्रमको आयोजना गरेको बताए ।

सहयोगी मन भेटे वडा नम्वर ४,५,६ र ७ का अति गरिव तथा सिमान्तकृत वर्गका समुदायमा समेत वितरण गरिने योजना रहेको समितीले बताएको छ । कार्यक्रमका प्रमुख अतिथी मोरङ जिल्ला प्रमुख रमेश केसीले न्यानो सिरक वितरण गर्दै सरकारको जति दाइत्व छ देशका जनताको पनि उतिनै उत्वरदाईत्व रहन्छ भन्दै जनताले चाहेको हरेक कार्यमा सरकारको सहयोग रहने बताउनु भयो ।

कार्यक्रममा वडा नम्वर ३ का वडाध्यक्ष किर्तिमान मादेन ,मोरङ प्रहरीका एस.पि मनोज केसी, ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख कमल बजगाई, स्थानिय राजनैतिक दलका प्रमुखहरु र समाजसेवी लगाएतको उपस्थिति रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।