पुस १५ र माघ १ गते सार्वजनिक बिदा !

काठमाडौँ । तुलसीपुर उपमहानगरपालिकाले आदिवासी जनजाति समुदायको मुख्य पर्व मानिने ल्होसार र माघी पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नगर कार्यपालिकाको ४९ औं बैठकले तामु ल्होसार र माघी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। पौष १५ गते पार्ने तामु ल्होसार र माघ १ को माघी पर्वमा बिदा दिने निर्णय भएको उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले जानकारी दिए।

बुधबार नेपाल आदिवासी जनजाति महासंघको आह्वानमा भेला भएका विभिन्न आदिवासी जनजाति समुदायले तमु ल्होसार, ग्याल्बो ल्होसार, सोनाम ल्होसार, उधौली, उभौली, माघी, माघे संक्रान्तिलगायतका चाडपर्वमा सार्वजनिक बिदा दिन माग गर्दै काठमाडौँको माईतीघर मण्डलामा प्रदर्शन गरेका थिए।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।