रातभरि थुन्ने अभियान : मापसे गरेको र लामो कपाल पालेका व्यक्ति राति भेटिए रातभरी थुन्ने

बाँके । कोहलपुरमा चोरीका घटना बढ्न थालेपछि प्रहरीले ‘रातभरि थुन्ने अभियान’ शुरु गरेको छ । राति १० बजेपछि अत्यावश्यक कामबाहेक त्यसै हिँड्नेलाई रातभर थुन्ने गरिएको कोहलपुर प्रहरीले जनाएको छ ।

“लागुपदार्थ प्रयोगकर्ता, लामो कपाल पालेका व्यक्ति राति भेटिए थुन्ने गरेका छौँ”, कोहलपुर इलाका प्रहरी कार्यालयका प्रवक्ता मानबहादुर विसीले भन्नुभयो, “भोलिपल्ट फोटो खिच्ने र आफन्तको जिम्मा लगाउँछौँ ।” यो अभियान चलाउँदा दैनिक पाँच÷छ जना नियन्त्रणमा परिरहेको उहाँले बताउनुभयो ।

प्रहरीले राति पक्राउ परेकालाई बिहान परिवारका सदस्य बोलाएर लामो कपाल काट्न लगाउने, फोटो खिचेर पठाउने गरेकामा फेरि त्यही मान्छे राति फोकटमा हिँडेको फेला परे कारवाही गरिने भएको छ । प्रहरीले चोरी नियन्त्रण र बिना काम राति हिँड्नेलाई नियन्त्रण गर्न तीन टोली परिचालन गरेको छ । जस्मा दुई ‘क्यूआरटी’ र एउटा नियमित गस्ती टोली छ ।

जिल्लाको दोस्रो ठूलो शहर कोहलपुरमा लागुपदार्थ प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको र अधिकांश चोरीमा लागुऔषध प्रयोगकर्ता नै संलग्न हुने गरेको प्रहरीले जनाएको छ । “रातभरि राखेर बिहान छोडेपछि फेरि भेटिएमा कारवाही गर्ने चेतावनी दिएर छोड्ने गरेका छौँ”, प्रवक्ता विसीले भन्नुभयो, “हामीले पुराना चोरीको अभियोग लागेका व्यक्ति पनि खोजी गरिरहेका छौँ ।” चोरीका घटना बढ्दै गएकाले स्थानीयवासीले प्रहरीप्रति आक्रोश पोख्दै आएका थिए ।

प्रहरी कार्यालयकै आसपासमा चोरी हुन थालेपछि प्रहरीले यस्तो अभियान चलाएको उहाँले जानकारी दिनुभयोे । राति हिँड्नेलाई थुन्ने अभियान थालिएपछि कतिपय व्यक्ति त ताला खोल्न प्रयोग गर्ने ‘सब्बल’सहित पक्राउ पर्न थालेको पनि प्रहरीले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।