राष्ट्रिय परिचयपत्रले नागरिकको पहिचान र परिचय खुल्नेछ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय परिचयपत्रले नागरिकको पहिचान र परिचय खुलाउने भएकाले यसबाट राष्ट्रलाई फाइदा पुग्ने बताउनुभएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा आज यहाँ आयोजित राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी प्रस्तुतीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले आम नागरिकले खोजेको सुशासन र शान्ति दिन परिचयपत्रले सकारलाई टेवा पुग्ने विचार व्यक्त गर्नुभयो ।

विकास र समृद्धिमा प्रत्यक्ष पहुँच बढाउन राष्ट्रिय परिचयपत्रले मद्दत गर्ने प्रसङ्ग उल्लेख गर्दै मुख्यमन्त्री राईले मुलुकमा अपराध र भ्रष्टाचारमुक्त गर्न परिचयपत्रले थप बल प्रदान गर्ने बताउनुभयो । प्रविधिको उच्चतम प्रयोग र डिजिटल नेपाल बनाउन यो कार्यले अझ मद्दत हुने विश्वास व्यक्त गर्दै उहाँले यो अभियानमा जुटेका निकायले समयमै आफ्ना काम पूरा गर्न निर्देशन पनि दिनुभयो ।

प्रदेश नं १ का मुख्यसचिव केदार न्यौपानेले सरकारले लिएको लक्ष्य पूरा गर्न परिचयपत्र वितरणमा खटिने कर्मचारीले अहोरात्र काम गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका महानिर्देशक दीपक काफ्ले र मोरङका प्रजिअ रमेशकुमार केसीले यस किसिमको प्रणालीबाट दोहोरो सेवा लिने र अपराध गर्ने मनोवृत्तिका मानिसलाई कठिनाइ हुने धारणा राख्नुभयो ।

नेपाल सरकारले आव २०६६÷६७ मा राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्यअनुरुप आव २०७४÷७५ मा पूर्वी नेपालको पाँचथरमा एक लाख १० नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरेको छ । चालू आवमा प्रदेश नं १ अन्तर्गत झापामा चार लाख ८९ हजार १३४ र सङ्खुवासभा जिल्लामा ९५ हजार ५४७ जनालाई सो परिचयपत्र वितरण गर्ने लक्ष्य लिएको छ ।

राष्ट्रिय परिचयपत्रको व्यवस्थापनबाट सूचना प्रणालीमा सहज हुने, गुणस्तरीय सार्वजनिक सेवा प्रदान गर्न सकिने, सेवामा पारदर्शी हुने, सबै प्रकारका सेवामा नागरिकको पहुँच पुग्ने र राष्ट्रिय तथ्याङ्कको अध्यावधिक हुनेजस्ता फाइदा राज्यलाई पुग्ने महानिर्देशक काफ्ले बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।